Breaking

एकपछि अर्को विवादमा बालेन,अदालतमाथि नै धम्की,नगरप्रहरी घरमै गएर ठेला खोस्दै

योहो संवाददाता

काठमाडौँ — काठमाडाँै महानगरपालिकाका मेयर वालेन शाह र विवाद तथा चर्चाको सम्बन्ध नौलो हैन । यसैको निरन्तरता वालेन भर्सेस सरकार हुँदै आएको सम्बन्ध वालेन भर्सेस अदालत कै स्थितीमा पुगेको छ । जहाँ उनका नगरप्रहरीको बढ्दो दादागिरिले समेत वालेनमाथि प्रश्न उठ्दा वालेल स्वयम पनि अराजतकतातर्फ अग्रसर हुन थालेका छन ।

केहि राम्रा कामका कारण चर्चाको शिखरमा रहेका काठमाडाँै महानगरपालिकाका मेयर बालेन शाहले अव अदालतको फैसला नमान्ने चेतावनी दिन थालेका छन । उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका उनलेसरकार र अदालत भारतको गुलाम भएको बताएका हुन ।

फिल्ममा हुँदै नभएको संवादलाई लिएर हल्लाकै भरमा चलचित्र प्रदर्शन रोकेको भन्दै आलोचित बनेका उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने भनेका हुन् । जहाँ यो विषय उनको कार्यक्षेत्रको समेत हैन भने सेन्सर वोर्डले वालेनले भन्दा पहिल्यै यो विषय उठाएको थियो ।

ग्रेटर नेपालको नक्सापछि ह्वात्तै बढेको उनको छवीमा यो निर्णयले चार चाँद थप्दा यर्थाथमा भने यसलाई अराजतकताको बाटो भन्दा माथि हेर्न सकिने अवस्था छैन । अर्कातर्फ फुटपाथमा व्यापार गर्नेहरुका कारण शहरी सौन्दर्यता र आवातजावतमा समस्या भएको भन्दै काठमाडाँै महानगर प्रहरीले गर्ने ज्यादतीको दृश्य अव कुनै नौलो विषय रहेन । जसलाई वालेन समर्थकहरुले कानुनको कठोर पालनाको संज्ञा दिदा उनीहरुको उत्साह अराजकतातर्फ अघि बढेको छ ।

यसरी बढेको उनीहरुका गतिविधिसामाजिक सञ्जालमा भाइरल भइरहेका मात्र छैनन्,गैरकानूनी समेत छन् । क्षेत्राधिकार मै नपर्ने व्यक्ति पक्राउ गर्नेदेखि ठेलागाडा खोस्ने,तोडफोड र पोख्नेदेखि साइकलमा फलफूल बेच्नेहरूमाथि समेत ज्यादतीका दृश्यले मेयरको आलोचना भइरहँदा अहिले एउटा दृश्यले सामाजिक सन्जाल तताएको छ । व्यक्तिको घरभित्र छिरेर ठेला गाडा लैजाँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडिओमा महानगरको नगर प्रहरी आएर गेट लगाएर राखेको घरमा यो गाडा कसको हो ? भन्दै वरिपरि जम्मा भएको स्थानीयलाई सोधेको देखिन्छ भने स्थानीयले यो गाडाधनी यहाँ नभएर र गाउँ गएको छ भनेर भनेका थिए । गाडा खोस्ने सुरसारदेखेपछि स्थानीयले अहिले सामान बेच्दैन भनेर गाडा नगरप्रहरीबाट जोगाउन खोजेका पनि थिए ।

हुन पनि वालेनमाथि दर्जनौ मुद्धा अदालतमा छन । कहिले सेनासंग भिडेर हताहतीकै अवस्थासम्म सिर्जना गर्न समेत पछि नपरेका उनी नगरप्रहरी प्रयोग गरेर एयरपोर्टको तारजाली काटेर अर्को समस्या भोगिरहेका छन । अझ गज्जब त एकातर्फ अदालतको फैसला नमान्ने बताएका उनी नागरिक उडड्यन प्राधिकरणले सोधेको प्रष्टिकरणविरुद्ध अदालतकै ढोका ढकढकाईरहेका छन । उनी र उनको टिमको ज्यादतीकै कारण गरिब र मजदुरहरूमाथि ज्यादती बढेको भन्दै वडाध्यक्षहरुले समेत महानगर नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।

वालेनविरुद्ध वोले सामाजिक सन्जालामा गाली खाईने डरले यसबारे कोहि खुलेर नवोलेपनि यो असन्तुष्टि उनको टिममै पनि देखिन थालिसकेको छ । फतल ः यहि विचमा शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

बन्चरेडाँडामा फोहोर मैला व्यवस्थापनका लागि भएको सहमती अनुसार काम नभएको भन्दै काठमाडाँैको फोहोर नै बन्द गर्दै आन्दोलन गर्ने प्रभावित क्षेत्रका नागरिकले चेतावनी नै दिईसकेका छन । त्यस्तैसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि शाहप्रति लक्षित गर्दै ‘स्टन्ट’ भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताएकी छिन ।

हुन पनि सरकार फुटपाथ व्यापारी विरुद्ध बालेन भएको अवस्था वालेन विरुद्ध सिंहदवार बनेको थियो । जहाँ टुकुचा र सुकुम्बासी वस्ती हटाउने जस्ता विषय आलोचनाको शिकार बनेपनि उनीप्रतिको जनसमर्थन बढ्दो छ । यहि डरका कारण कोहि नवोल्ने अनि मैले जे गरे हुने भन्ने अवस्थामा पुगेका बालेनले अहिले अदालतको आदेश नमान्नेसम्मको धम्की दिने अवस्थामा पुगेका हुन् ।

आफूले गल्ती गरको स्वीकार्नेभन्दा केहि चर्चित कामको आड लिएर विषय बङ्ग्याएर सहानुभूमि वटुल्न माहिर उनको यो देवत्वकरणले उनलाई नै गलत मार्गमा हिड्न अभिप्रेरित गरिरहेको छ ।