काठमाडौँ — धरान उपमहानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाएको छ । मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ चलचित्र प्रदर्शन नगर्न धरान उपमहानगरभित्रका हल सञ्चालकहरूलाई निर्देशन दिएका छन् । यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाइसकेका छन् ।
यता काठमाडौंका मेयर बालेन साहले आजदेखि हिन्दी सिनेमाहरूलाई पूर्णरूपमा निषेध गरेका छन् । आदिपुरुष चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको हो ।


प्रतिक्रिया