काठमाडौँ — काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी दिएका छन् । मेयर शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषु मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएको हो ।

उनले फेसबुकमा लेखेका छन् ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’मेयर शाहले आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनको समय दिएका छन् ।


प्रतिक्रिया