Breaking

मनसूनी प्रणाली र पश्चिमी वायुको प्रभावले विभिन्न प्रदेशमा वर्षाको सम्भावना

योहो संवाददाता

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसूनी प्रणालीको प्रभाव रहेको ‍छ भने बाँकी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यति वेला कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान सहित बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा क्षणिक वा हल्का वर्षाको सम्भावना छ।