Breaking

रास्वपाभित्र चर्कियो विवाद, दस्तावेज फेरिँदै, राप्रपाले मौका गुमाउँदै, वैकल्पिक शक्तिमा छैन भरोशा

योहो संवाददाता

काठमाडौँ — पछिल्लो तीन दशकको राजनीतिक घटनाक्रम केलाउँदा नयाँ पार्टीले पाउने गरेको जनमत वैकल्पिक शक्तिका रुपमा भन्दा बढी अस्थायी भेल जस्तो बनेको छ । तर अहिले खरो विकल्पका रुपमा रास्वपा र राप्रपा जस्ता दल अघि आएका छन् । तथापी नीतिमाअझै अस्पष्ट उनीहरु सत्तादेखि प्रतिपक्षसम्मकै भूमिकामाअन्योलपूर्ण छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि लाग्दै आएको एउटा प्रमुख आरोप हो, ‘यो पार्टी अझै नीतिमा अस्पष्ट छ ।’

रास्वपाको सत्तारोहणदेखि बहिगर्मन र प्रतिपक्षको भूमिकासम्म प्रश्न उठेकाछन् । झन उसले गर्ने हरेक निर्णय विवादित बन्दा नेतृत्वको अपरिपक्कता र भविष्यप्रतिको चिन्ता जाहेर भएका छन् । किनकि अहिलेको अवस्थामा रास्वपा नै एउटा यस्तो विकल्प हो, जसलाई जनताले अत्यारिलो समर्थन दिएका छन् ।तर पार्टीको मुल सिद्धान्त निर्माणका लागि बनेको दस्ताबेज नै विवादित बनेपछि नेताहरु विभाजित बनेका छन् ।

मस्यौदामा राखिएको नेपालको गर्विलो इतिहासदेखि, प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र धर्मको विषयमाथि प्रश्न उठाउँदै नेताहरुले गम्भीर त्रृटि औल्याएपछि रास्वपा पुर्नलेखनमा अघि बढेको छ । फलतः ‘नयाँ युगको नयाँ संकल्प’ भनिएको दस्तावेज फेरि लेख्न महामन्त्री मुकुल ढकाल, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार, शिशिर खनाल र मनिष झाले जिम्मेवारी पाएका छन् ।किनकि सत्तापक्षबाट सुरु भएको यात्रा प्रतिपक्षसम्म आइपुग्दा समेत सन्तोषजनक नभएको महसुस पार्टीले गरेको छ । जसले विरासतधारी दलीय दम्भ तोड्न रास्वपा सफल भएपनि अझै वैकल्पिक शक्ति बन्नेबारे प्रश्न रहेको विश्लेषण भइरहेका छन् ।

पुरातनवादी शक्ति भएपनि नयाँ नेतृत्व पाएपछि रास्वपाकै हाराहारीमा पुग्न खोजेको राप्रपामाथि समेत विकल्प बन्ने छुट छ ।तर यो पार्टीपनि सत्तादेखि संसदसम्म अलमलमा अल्झिएको छ । व्यवस्थाकै विरोध गर्दा पाएको मत बोकेर सरकारमा सहभागि भएपछि राप्रपामाथि पुस १० मै प्रश्न उठेको थियो ।फागुन १३ मा गठबन्धन फेरिएको बाहेक अर्काे कुन उद्देश्यले सरकार छोड्यो राप्रपाले चित्तबुझ्दो जवाफ दिएको छैन ।

बरु संसदमा राप्रपा पनि छ है भन्ने देखाउन एकजना ज्ञानेन्द्र शाही बोल्छन् । तर उनले बोलेको कुरामा पार्टीले अपनत्व उठाएको देखिदैन । फलतः संसदमा शाही कराउनु लोकप्रियता मोह र प्रचारभन्दा बढी बन्न सकिरहेको छैन । तर यही पार्टीमा वैकल्पिक राजनीतिको अवसान गराएर प्रवेश गरेका रवीन्द्र मिश्र पनि छन् । जो विचारभन्दा माथि देश र देशभन्दा पनि माथि नरेश भन्ने तहमा पुगेपछि राप्रपालाई विकल्पको रुपमा कम सोच्न थालिएको छ ।उपेन्द्र यादवसँग उपनिर्वाचनमा चुनाव हारिसकेपछि सीके राउत अलमलको राजनीतिमा छन् ।

मधेशको जगमा उभिएका उनी संसदमा सन्तोषजनक भूमिकामा छैनन् । सिंगो देशको विकल्प बन्नुपर्ने दलले पहिले खाए खा नखाए घिचकै अवस्थामा खानेपानी मन्त्रालय खाएको थियो । अहिले फेरि सरकारमा सहभागि हुने कसरत चलाएको छ । फलतः उदय नयाँ भएपनि तरिका पुरानै भएपछि नयाँ दलहरु विकल्प बन्ने बाटोमा प्रश्न छ ।

वैकल्पिक राजनीतिबाट डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्रले हरेश खाएपछि नयाँप्रतिप पनि भरोशा उडेको छ । रास्वपा उदाएको छोटो समयमै सभापति रवि लामिछानेको व्यक्तिगत विवादले थिलथिलो परेको छ । त्यसमध्ये ढाकाकुमार श्रेष्ठ हुँदै सोविता गौतमसम्म पनि व्यक्तिगत विषयकै कारण विवादमा परेका छन् । रास्वपामा भर्खरै भित्रिएका अर्थविद् डा. स्वर्णिम वाग्लेको विद्धता बजेटमा काम लागेको छैन ।

देशभित्र यत्रो आर्थिक संकटको बहस चलिरहँदा अरुलाई देशलाई निकास दिन जान स्वर्णिमले आफ्नै देशलाई बाटो देखाउन विकल्प दिन सकिरहेका छैनन् ।संसदमा प्रस्तुत हुँदा पुराना बोल्दैनन्, नयाँका ढोंग नै धेरै हुनु गरेको आरोप छ । जसले नयाँप्रति पनि आशमात्रै हुने होकी भन्ने चिन्तामा आमजन परेका छन् ।