देश

खिजीदेम्बा गाउँपालिकामा साङ्का छ्योलिङ सामुदायिक शान्ति केन्द्र निर्माण हुँदै

योहो संवाददाता

काठमाडौँ — ओखलढुंगा खिजीदेम्बा गाउँपालिका वडा नं.९ दोराखर्कमा स्थानीय समुदायहरुको निमित्त सुबिधा सम्पन्न शान्ति ध्यान केन्द्र समुदायिक भवन र ऐतिहाँसिक संग्रहालय निर्माण हुने भएको छ । पर्यटन क्षेत्रको विकास र आउने नयाँ पिडिहरुको लागि ऐतिहाँसिक कार्य गरि शिक्षाको विकासमा निमित्त संग्रहालय र समुदायमा आई पर्ने मृत्यु संस्कार विवाह सभा सम्मेलन संस्कृति संरक्षण तथा प्रशिक्षण लगायतका कार्य गर्नका लागि सुविधा सम्पन्न स्थानीय पहिचान झल्किने सामुदायिक हल सहितको ३ तले भवन बन्ने भएको हो ।

उक्त भवनमा सम्बोट (शेर्पा) लिपि, नेपाली र अङ्ग्रेजी भाषामा पढाइ हुने शान्ति ध्यान केन्द्र समुदायिक भवन र संग्रहालय निर्माण हुने भएको साङाक् छ्योलिङ समुदायिक शान्ति केन्द्रका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । जेष्ठ नागरिक लगायत सम्पूर्ण स्थानीय तथा पर्यटनहरुको मानसिक स्वास्थ्य तथा शिक्षाको निमित्त मिलन केन्द्र तथा शान्ति ध्यान केन्द्र निर्माण हुन लागेको बताउदै गुम्बा सहितको भवनको चारै तर्फ हरियाली बगैंचा सहितको पार्क निर्माण हुने उनको भनाइ छ ।

उक्त संग्रहालय निर्माण गर्नका लागि एसेन्ट एण्ड नेपाल नामक संस्थाले २ रोपनी जग्गा खरिद गरि सकेको अध्यक्ष शेर्पाले बताए । पुर्व भौतिक पुर्वधार विकास मन्त्री अम्बिर बाबु गुरुङले गुम्बा निर्माणका लागि D.P.R गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका साथै D.P.R सम्पन्न गरि बहुबार्षिक योजनाको रुपमा अगाडि बढाउएका थिए । अहिले घडेरी सम्म्याउने कार्य सुरु भैईरहेको छ । घडेरीको २ रोपनी जग्गा ङिमा शेर्पा र च्यामु शेर्पाले निःशुल्करुपमा दान गरेका हुन् । जग्गा जम्मा ४ रोपनीको छ ।