Breaking

टेकनाथको बयान: टोपबहादुर मुख्य योजनाकार हुन्

योहो संवाददाता

काठमाडौँ — भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै टोपबहादुर रायमाझीलाई पोलेका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ ।

रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं । भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनिए समाधान गर्नु भन्नु भयो । यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ ।