Breaking

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

योहो संवाददाता

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूल चढाएका हुन् । यसपछि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुँदै छ ।