काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन् । रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् । मुम्बईमा पारिवारिक भेटघाटमा गएको ढकालले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकै दिन र प्रधानमन्त्री दाहाल भारत भ्रमण मै रहेका बेला लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
लामिछानेसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई एव विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्ष प्रह्लाददास दामोदर राव मोदीले नेपाल मै आएर भेट गरेका थिए ।
नेपालमा भारतले हिन्दू राष्ट्र बनाउन चर्को दबाब दिएको भन्दै अमेरिकी रिपोर्ट सार्वजनिक भएका छन् ।


प्रतिक्रिया