काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध नै अहिले प्रहरीले बयान लिने काम भने सक्याएर अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी थालेको छ ।
ठगि र संगठित अपराधमा अनुसन्धान भइरहेपनि राज्यविरुद्धको अपराधसमेत आकर्षित भएको छ । पक्राउ पर्ने क्रम रोकिएको छैन । अहिलेसम्म पक्राउ परेका व्यक्तिहरुको भूमिका के थियो त ?
टोपबहादुर रायमाझी, पूर्व उपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने अपराधका सबैभन्दा उच्च ओहदाका व्यक्ति हुन् टोपबहादुर रायमाझी । पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र पाँचपटक मन्त्री भएका उनी माओवादीको पार्टी सचिव र संसदीय दलको उपनेता हुँदै एमालेको सचिवसम्म भएका व्यक्ति हुन् । ११ दिन फरार भएपछि बैशाख ३१ मा पक्राउ परेका उनी अहिले प्रहरीको अनुसन्धान दायरामा छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार वा मतियारका नाइके नै उनी भएको तथ्य प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बालकृष्ण खाँण, पूर्व गृहमन्त्री

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपाली काँग्रेस केन्द्रीय सदस्य हुन् । गृहमन्त्री भएकै बेला रुपन्देहीमा चुनाव हारेका हाइप्रोफाइल नेता खाँण हुन् । उनी प्रक्राउ परेपनि श्रीमती मञ्जु खाँण प्रहरीको फरार सूचीमा छन् । उनी गृहमन्त्री रहेकै बेला मन्त्रालयकै गाडीमा बोराका बोरा पैसा ओसारेकोदेखि मन्त्रालय नै गिरोहले कार्यालयको रुपमा प्रयोग गरेका तथ्य अहिले सार्वजनिक भएको छ । नक्कली शरणार्थी प्रकरणमा नक्कली प्रतिवेदन बनाउन गिरोहलाई उनले सघाएका थिए । उनी पक्रा�


प्रतिक्रिया