Breaking

मदनको जीवन : युवाका लागि सिकाईका पाँच आयाम !

योहो संवाददाता

काठमाडौँ – समाज र राष्ट्रलाई गहिरो प्रभाव छोड्ने थोरै नेता मध्ये पर्छन् जननेता मदन भण्डारी । अन्य थुप्रै अनुयायीका लागि जस्तै मेरा लागि पनि मदन भण्डारी आस्था र श्रद्धाका प्रतिक हुन उर्जा, उत्साह र प्रेरणाका स्रोत हुन् ।

आज मदनले संसार छाडेर गएको पनि ३० वर्ष भएछ । त्यो भयावह कालो दिनको तिसौं वर्षगाठ तथा मदन-आश्रितको ३० औं स्मृति दिवस मनाउँदै गर्दा नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीका वचन र कर्मबाट आजका युवा पुस्ताले के सिक्ने त भनेर एकपटक सोचमग्न भए । यसै अवसरमा उहाँका जीवनका केही घटनालाई आधार बनाएर अहिलेको पुस्ताले अनुसरण गर्नुपर्ने पाँच कुरा तल उल्लेख गरेको छु ।

१. गतिशीलता
मदन भण्डारीमा समाजको अवस्था र समयको मागलाई बुझ्नसक्ने, तदअनुरूप आन्दोलन र पार्टीलाई डोर्याउनसक्ने विछट्टै क्षमता थियो । सिद्धान्त कुनै धार्मिक ग्रन्थ जस्तो समयानुकूल परिमार्जित गर्न नमिल्ने दस्तावेज नभएर विज्ञानमा आधारित गतिशील दर्शन हो भन्ने उहाँको धारणा थियो ।

सिद्धान्तको मूल मर्ममा आधारित रहेर लक्ष्य हासिल गर्न आवश्यक लचकता अपनाउन सक्ने, नयाँ तथ्यको आलोकमा उदेश्य हासिल गर्न नौलो बाटो अपनाउन सक्ने दृढता थियो मदन भण्डारीसंग । त्यसैले त उहाँले जनताको बहुदलीय जनवाद (जबज) जस्तो विचार अगाडि सारेर नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नुभयो । उहाँको यहीँ गतिशील विचारमा आधारित भएर उहाँले नेतृत्व गरेको पार्टी नेकपा (एमाले) आजपर्यन्त एक प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित छ ।

भण्डारी तथ्यबाट सत्य खोज्नेमा �