काठमाडौँ —पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाटै अर्धसैनिक प्रहरीको नियन्त्रणमा, सरकारमा हुदाँ खजाना बेचेको इम्रानमाथि आरोप । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् । पछिल्लो समय पाकिस्तानी राजनीतिको महत्त्वपूर्ण व्यक्तित्वका रूपमा उदाएका इमरान खान पाकिस्तान तथा अन्तर्राष्ट्रिय जगतमा निकै चर्चित छन् ।
पाकिस्तानी राजनीति, त्यहाँको क्रिकेट र खेलाडीका रूपमा विश्वमा उत्तिकै चर्चित खान सक्रियरूपमा राष्ट्रिय राजनीतिमा आउनु पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि नै रोमाञ्चको विषय बनेको थियो । तर पाकिस्तानको राजनीति आर्थीकरुपमा नै उथल–पुथल बनाएको आरोप भने खानमाथी लाग्दै आएको थियो । खानमाथी सरकारमा हुदाँ खजाना बेचेको लगायत आरोप छ । पछिल्लो समय गिरफतारीको घेरामा पर्दै आएका इमरान खानलाई इस्लामाबादस्थित अदालतबाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन् ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन पुगेका थिए । आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका थिए । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेका थिए । गत वर्ष उनी सत्ताबाट समेत निकालिएको थियो । त्यसयता उनले समयअगावै निर्वाचनको पक्षमा अभियान चलाउँदै आएको छ । पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ । मार्चमा खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको थियो ।
खानका समर्थक र सुरक्षा फौजबीच उनको निवासनजिकै झडप पनि भएको थियो । पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ । तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएको छ । यता इमरान खानमाथि कुनै जबरजस्ती नगरिएको पाकिस्तानका गृहमन्त्रीले स्पष्टीकरण दिएको छ । गृहमन्त्रीले इमरान खान कानुनी पत्र पठाएपछि पनि पेस नभएको र उनलाई राष्ट्रिय खजानामाथि क्षति पु¥याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । इमरान खानमाथि एनएबी अध्यादेश १९९९ को धारा ९ ए अन्तर्गत भ्रष्टाचारको आरोप छ ।


प्रतिक्रिया