काठमाडौँ — अबको ५१ दिनमा संसदीयनिर्वाचनहुँदैछ । चाडपर्वको रौनकभन्दा राजनीतिकदल र नेताहरुलाई चुनावले झपक्कै छोपेको छ । निर्वाचनको मितिनजिकिँदै जाँदा नेताहरु पार्टी प्रवेश र परित्याग गर्न भ्याईनभ्याई छन । कांग्रेस महामन्त्रीगगनथापाको यो प्रतिवद्धता भर्खरै कांग्रेस प्रवेश गरेका नेताकार्यकर्ता लक्षित छ । शुक्रवार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै युवाहरुको समर्थनले आफूमा पार्टीभित्रनिहितविकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै उनले युवाहरुलाई निराशनबनाउने प्रतिवद्धता नै जनाए ।
जवकिलामो समय उनलाई नेतामानेका र उनका पछि लागेका नेताकार्यकर्ता यत्तिबेला पार्टी कार्यलयमाविरोधमै उत्रिनबाध्यभएका छन । तथापीचुनावको मुखमाकांग्रेस प्रवेश गर्ने क्रमजारी छ । अर्कोतर्फ मधेशकै मुद्धा बेचेर राष्ट्रिय राजनीतिमा पटक पटक सत्तामापुगेका मधेश केन्द्रितदलकाप्रभावशालीनेताहरुनै अहिले ठुला पार्टीको पुच्छर बन्नथालेका छन ।लोसपाकी सांसद चन्दाचौधरी प्रधानमन्त्रीनिवास बालुवाटार नै पुगेर कांग्रेसको सदस्यतालिईन ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतकपूर्व मन्त्री समेत रहेका उमाशंकर अगररीया नेकपाएमालेमाप्रवेश गरे । जनता समाजवादी पार्टीका सांसद अमृताअग्रहरी सहितकाप्रभावशाली नेताहरुले जसपा त्यागेर एमाले रोजे ।नेत्रविक्रमचन्दविप्लव नेतृत्वकाजीवनलामा सहितका नेताहरु जसपाप्रवेश गरे ।
हरेक दिनकुनै न कुनै नेतावाकार्यकर्ता पार्टी परिवर्तनगर्ने क्रमचलिरहेकै छ । चुनावको मुखमा पार्टी प्रवेश गराउनेमाप्रमुखप्रतिपक्ष नेकपाएमाले अग्रस्थानमा छ । सत्तापक्षदेखि प्रतिपक्षीदलसम्मकुनै न कुनै लोभ देखाएरै भएपनिफरक पार्टीका नेतालाई स्वागतगर्न तत्पर देखिन्छ ।
चुनावको मुखमा पार्टी परित्याग वा परिवर्तनको लहर पार्टीको विचार सिद्धान्तका आधारमानभई व्यतिmगतलाभ र सत्ता स्वार्थ नै रहेका प्रष्ट छ । पार्टीको विचार सिद्धान्त मन परेर अर्को पार्टी परिवर्तन गर्ने भन्दापनिपद पाएसम्म पार्टी परिवर्तन गरिरहने चलन स्थापितहुँदै गएको छ ।
हरेक राजनीतिकदललाई आफ्नो पार्टी र जनमत प्रमाणितगर्ने अवसर चुनावहो । चुनावताका राजनीतिकदलहरुबीच पार्टी प्रवेश गराउने होडवाजी नै चल्ने गर्दछ । चुनावताका पार्टी फेरबदललोकतन्त्रमा सामान्यप्रक्रियाहो । तर पार्टीको विचार सिद्धान्त भन्दापनिआफ्नो सत्ता र शतिmप्राप्तीकै लागिपार्टी परिवर्तन गर्नेहरुप्रतिपनिनागरिक पनि सचेत हुनुपर्ने देखिन्छ ।


प्रतिक्रिया