काठमाडौँ — दशैको पूर्व सन्ध्यामा पूर्व राजाबाट ज्ञानेन्द्र शाहबाट शुभकामना सन्देश आउनु सामान्य हो । उनले हरेक वर्ष दशैको अवसरमा शुभकामना दिँदै आएका छन । तर शुक्रवार पुर्वराजा शाहले दिएको शुभकामना सन्देशमा व्यवस्थाप्रति असन्तुष्टि जनाएपछि राजनीतिक वृत्त तरंगित बनेको छ । लामो राजनीतिक संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन सहित दलहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट उठाएर नागर्जून पु¥याएको डेढ दशक वित्यो ।
तर समय समयमा पूर्वराजाले दिने अभिव्यक्तिले नेपालको राजनीति तरंगीत हुने गरेको छ । यसै सिलसिलामा शुक्रवार पूर्व राजा खुलेर आफ्नो मनको भडास पोखेका छन । दशैको शुभकामना भिडियो सन्देश मार्फत शाहले मुलुक भ्रष्टचार ,पदलोभ ,व्यवस्था र देश नै बाहिरी शतिmको मतियार बनेको आरोप समेत लगाए ।
शाहले राजनीतिक दलमाथी आक्रोश मात्र पोखेनन् व्यवस्था माथी नै प्रश्न उठाएका छन । अझ रोचक त के छ भने पहिलो पटक उनले आफ्नो स्वर्गीय दाजु भाउजु पूर्व राजा विरेन्द्र शाह र रानी एश्वर्यको तस्विर भिडियोको पृष्ठभूमिमा राखेर जनताको सेन्टिमेन्ट तान्ने प्रयास गरे ।
राष्ट्रिय राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणमा फड्को मार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा राजेन्द्र लिङदेनको उदय,रविन्द्र मिश्र जस्ता पात्रहहरुके राप्रपा प्रवेशले राजावादीहरु हौसिएका छन । हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाको मुद्धा अब शशक्त रुपमा अगाडि बढ्ने उनीहरुको अपेक्षा छ । कार्यकर्ता मात्र होइन राप्रपा नेतृत्व समेत आफ्नो एजेन्डाप्रति थप उत्सहित देखिएका छन ।
यहि पेरीफेरीमा पूर्व राजा ज्ञानेन्द्र शाह हौसिनुलाई स्वाभाविक मान्नुपर्ने कतिपयको बुझाइ छ ।तर ज्ञानेन्द्र शाहले व्यवस्थामाथि उठाएको प्रश्न र राजनीतिक कोर्ष करेक्शनको विषय आलोचित हुने पक्का छ । दलिय व्यवस्था र राजनीतिक दलहरुको रवैयाले नागरिक विचलित बनिरहेका बेला पूर्व राजाको यो अभिव्यतिmले आगोमा घिउ थप्ने काम गरेको छ ।


प्रतिक्रिया