देश

सामुदायिक विद्यालयमा डेस्कबेञ्च अभाव


काठमाडौँ — बीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा डेस्कबेञ्चको अभाव देखिएको छ । महानगरको शिक्षा समितिद्घारा स्थलगत निरीक्षणका क्रममा विद्यालयहरुमा बढिमात्रामा डेस्कबेञ्चको अभाव रहेको देखाएको छ ।

समितिले सामुदायिक विद्यालयलाई १ हजार ८ सय ७५ सेट डेस्कबेञ्च अभाव रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । डेस्कबेञ्च अभावमा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको देखिएको छ । बिहीबार प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक प्रदीप केडियाले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि प्रतिवेदनमा समेटिएका समस्या सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

महानगरकै ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा भने कक्षाकोठामा जस्तापाता लगाउनुपर्ने, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको छ ।बीरगञ्जमै सञ्चालित त्रिजुद्ध मावि, त्रिभुवन हनुमान मावि लगायतमा कक्षाकोठा अभाव देखिएको छ भने माइस्थान विद्यापिठमा डेस्कबेञ्च अभाव भेटिएको छ । प्रतिबेदन बुझ्दै महानगरका मेयर सिंहले सामुदायिक विद्यालय सुधारका लागि समितिले औँल्याएको समस्या समाधानमा दशैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।