Breaking

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने


काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीले दशैंमा इच्छुक सर्वसधारणलाई टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिले टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ ।

त्यसअघि उनले इच्छुक सम्माननीय, मन्त्रीहरु, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका माननीय पदाधिकारीलाई टीका लगाउने प्रेस नोटमा उल्लेख छ । त्यसका लागि दिउँसो २ देखि ३ बजेको समय तोकिएको छ ।