Breaking

विश्व मुटु दिवस, दैनिक शारीरिक अभ्यास र खानपानमा ध्यान दिऊ


काठमाडौँ — आजविश्व मुटु दिवस,नेपालसँगै विश्वभर विभिन्नकार्यक्रम गरी यो दिवस मनाइएको छ । मुटु रोगबाट नेपाल साथै विकासोन्मुखमुलुक बढि प्रभावित छन । मुटु जन्य रोग बढ्नुको मुख्य कारण बदलिँदो खानपान र जीवनशैलीभएको विशेषज्ञहरुको भनाई छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्वभरविश्व मुटु दिवसको रुपमामनाउँने गर्दछ ।

मुटु रोगसम्बन्धी चेतनाअभिवृद्धि र मुटु रोग सम्बन्धिसमस्यान्यूनीकरणका लागिविश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् १९९९ सेप्टेम्बर२९ का दिन सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसमनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष विश्वकाअधिकांशमुलुकले विभिन्नकार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन । विश्व मुटु फेडेरेशनले विश्वभर यो वर्ष ‘हरेक मुटुको लागिहृदयको प्रयोग गरौँ’ अर्थात् ‘युज हार्ट फर एभ्री हार्ट’नारा दिइएको छ ।

नेपालमा यो वर्ष मन लगाऊ ,सबैको मुटु बचाऊभन्ने नारा सहितविभिन्नकार्यक्रम सहितविश्व मुटु दिवस मनाएका छन । मुटु रोगसम्बन्धीनिःशुल्क स्वास्थ्यशिविर,जनचेतनाअभिवृद्धि, मुटु रोग विशेषज्ञहरुबाट विभिन्नतहमाहुने छलफल, गोष्ठी सेमिनारहरु हेर्दा पछिल्लो समय विश्व मुटु दिवस थप वृहत्तर भएको अनुमानलगाउन सकिन्छ ।

पछिल्लो समय नेपाललगायतविकासोन्मुख देशहरुमा मुटुरोगीको संख्यादिनप्रतिदिन बढ्दै गएकोविभिन्नअध्ययनहरुको तथ्याङ्क छ ।विश्व स्वास्थ्य संगठनको विभिन्नअध्ययनहरुले नेपाल जस्तो विकासोन्मुखमुलुकहरुमा झन्डै ५० प्रतिशतमानिस मुटु जन्य रोगका कारणले हुने तथ्याङ्क छ । स्वास्थ्य सेवाविभागको तथ्यांकअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामीथपिने गरेको तथ्याङ्क छ ।

गंगालाल अस्पतालमामात्रसन् २०११ देखि २०१५ सम्म हृदयाघात भएर आउने संख्या ४० प्रतिशतले बढेको तथ्याङ्क छ । विशेषत नेपाल जस्तो मुलुकमागरिवीउपचारको पहुँचनहुँदा र बदलिँदो जीवनशैलीमुख्य कारक बन्ने गरेको विशेषज्ञहरुको तर्क छ । सन्तुलितभोजन र जीवनशैलीमाध्यानदिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

नेपालमा सबैभन्दाधेरै मानिसमा देखिने मुटुको समस्यामाउच्च रक्तचापहो। त्यस्तै, मुटुको चालबिग्रिने, मुटुको नशाहरू बन्दहुने, हृदयाघात, मुटुको भल्भबिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू समेत बढ्दो छ । युवा र महिलाअझ बढि प्रभावितछन ।धुम्रपानतथामध्यपान सेवननगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, पर्याप्तसागपातखाने,दैनिकशारीरिक व्यायाममाध्यानदिएमुटु रोगबाट बच्नसकिने चिकित्सकहरुको भनाइ छ ।