देश

अपांगता भएकी किशोरी माथि बलात्कार

योहो संवाददाता

काठमाडौँ — मोरङको लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो ।

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।