Breaking

काँग्रेसमा विद्रोहको खतरा, दोहोरो चेपुवामा शेखर र गगन, परिस्थिति नियन्त्रणबाहिर जाने खतरा


काठमाडौँ — निर्वाचनको मुखमै कांग्रेसभित्र कलह बढेको छ । संस्थापन पक्ष समानुपातिकतर्फको उम्मेद्धार छनौटमा एकलौटि ढंगबाट अघि बढेपनि रुष्ट बनेको ईतर पक्षले प्रत्यक्षमा भाग खोज्दै विद्रोह गर्ने चेतावनी दिएको छ । डा.शेखर कोईरलाको यो समुहले सम्माजनक भाग नपाए वागी उम्मेद्धारी दिनेसम्मको तयारी थालेको छ । सत्ताघटक दलहरु सिट भागवण्डामा व्यस्त रहँदा शान्त जस्तो बनेको नेपाली कांग्रेसभित्र आन्तरिक कलह बढेको छ । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचि सार्वजनिक भएसंगै असन्तुष्ट बनेको डा.शेखर कोईराला पक्षले विद्रोहको चेतावनी नै दिएको छ । पछिल्ला दिनमा निरन्तर खवरदारी भेलाका नाममा गुट भेला गरेको यो पक्षले भाग नपाए बागी उमेदवार उठाउने तयारी गरेको छ ।

समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ यो पक्षले १६ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरेको छ । ठमेलको एक होटलमा बसेको पार्टीको दोस्रो तहको बैठकले गठबन्धन बाहेकका दलसँग सहकार्य गरेर वागी उम्मेद्वार उठाउने निर्णय गरेको बताइएको छ । यसका साथै बैठकले पार्टी कार्यालयमा धर्ना दिने, प्रदर्शन गर्नेलगायत विभिन्न निर्णय समेत गरेको छ । यस्ता खवरदारी सभामा कोईराला,गगन थापा लगायतका शिर्ष नेतृत्वको भने उपस्थिती रहेको छैन । उनीहरु बाहिर रहेर विद्रोहको अभ्यास गरिरहेका छन भने यहि समुहमा पनि दोश्रो तहका नेताहरुमा असन्तुष्टि बढ्दो छ ।

समानुपातिक बन्दसूची शेखर र गगनको सहमतिमा पेश गरिएको खबरले नै सो समूहमा विद्रोह भइसकेको थियो । शेखर र गगनको क्षेत्रमा एक एकजना समानुपातिक उम्मेदवार पारेर सो समूहमै विभाजन ल्याउन खोजेको चर्चा पनि चलेको छ भने आफ्नै नेता विरुद्ध समेत यो समुहका नेताहरुले अभिव्यक्ती दिईसकेका छन । शेखर–गगन समूहका सीमित नेताको व्यवस्थापनले नहुने र ४० प्रतिशतभन्दा एक सीट पनि तल सम्झौता नगर्न उनीहरुमाथि दबाब छ । कोईराला र थापाको सिट निश्चित रहेको र त्यसकैका लागि आफ्नो वली चढाए देशव्यापी विद्रोह हुने यो समुहका दोश्रो तहका नेताहरुले चेतावनी नै दिएका छन ।

कोईराला पक्षका अर्जुननरसिंह केसी, वलबहादुर केसी लगायतका नेता नै अहिले अलमल हुँदै अवसरबाट बन्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ भने देउवा पक्षका खतरायुक्त उम्मेद्धार भनिएकाहरु पनि सुरक्षित भईसकेका छन । अझ प्रधानमन्त्री देउवा र गृहमन्त्री वालकृष्ण खाणले त श्रीमतीलाई समेत महिलातर्फको समानुपातिकमा एक र दुई नम्बरमा राखेर सुरक्षित गरिसकेका छन । यहि कारण कोईराला र थापा पनि दोहोरो चेपुवामा देखिएका छन् । यहि कारण गठबन्धनमा सीट बाँडफाँट चलिरहेका वेला कोइराला र डा. मिनेन्द्र रिजाल लगायतका नेताले केपी ओलीलाई भेटेर आवश्यक पर्दा सहकार्य गर्नुपर्ने जनाउ दिइसकेका छन् ।

विभिन्न ठाँउबाट एमालेसंग जाने दवाव बढिरहँदा कोईरालाले संस्थागत रुपमै जान पर्खाएका कारण मात्र वार पारको अवस्था भने आईसकेको छैन । तर भोलीका दिनमा पनि आलटाल गरे कोईरालाले नै यो विद्रोह रोक्न सक्ने अवस्था छैन । देउवालाई दबाब दिन गुरु घिमिरेले भनेजस्तो विद्रोहको चरणमा प्रवेश ग¥यो भने त्यहाँ महाधिवेशनमा उनीहरुलाई भोट दिएकाहरुमात्र हुने नभई गठबन्धनका कारण सीट खोसिने अवस्थामा देउवा समूहकै धेरै नेता–कार्यकर्ता त्यहाँ पुग्नेछन् । जसले अवस्था विकराल बन्ने देखिन्छ ।

यसले कोईराला चाहे पनि नचाहेपनि विद्रोह लगभग निश्चित जस्तै छ । यसको व्यवस्थापन केवल देउवालागि मात्र नभएर कोईरालाका पनि कम चुनौतीपूर्ण छैन । यो अवस्थामा आफूले पाएको टिकट पनि त्यागेर दोश्रो तहका नेताहरुलाई साथ दिने देउवा अघि आत्मसमर्पण गर्ने भन्ने दुई विकल्प यो समुहबाट टिकट पाउने नेताहरुमा हुनेछ । जसले के कोईराला,थापा लगायतले गुटको नेतृत्व गरेर संस्थागत विद्रोह गर्लान त ? भन्ने प्रश्न अहिले अहम भएको छ ।