मनोज यादव, सर्लाही — यस वर्षको बडादशैं आज सोमबारदेखी सुरु भएको छ । नवरात्रको पहिलो दिन अर्थात आश्विन शुक्ल प्रतिपदाका दिन बिहान देवी दुर्गाको मठ,मन्दिर,दुर्गा पुजाको लागि बनाइएको पंडाल तथा घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखेर घटस्थापना गरेपछि दशै सुरु भएको छ। नवरात्रको पहिलो दिन घटनास्थापनाको अवसर पारेर सदरमुकाम मलंगवा सहित सर्लाही जिल्लाको विभिन्न ठाउँमा हजारौ कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।

सोमबार मलंगवा स्थित नगरपालिका चौक मेन चौक,जिविस चौक,शिवसागर चौक लगायत मलंगवा नगरपालिका अन्तर्गत पर्ने ग्रामिण भेगका विभिन्न वडाहरुमा दुर्गा पुजाको लागि तयार पारेका पुजा स्थल पंडाल,दुर्गा मन्दिर आदीबाट गाजाबाजा सहित कलश शोभायात्रा निकालेर नजिकैको जलाशयमा गई जल लिएर पुन पुजा स्थलमा आएर कलश स्थापना गरि दुर्गा पुजाको विधिवत रुपमा सुरुवात भएको छ । दुर्गा पुजाको अवसरमा जिल्लाभरीका गाउँ ठाउँमा देवी दुर्गासहित विभिन्न देवी देवताको मूर्ति स्थापना गरी भव्य मेलाको अयोजना हुने गरेको छ ।



प्रतिक्रिया