Breaking

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै संस्कतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन समिति गठन गरेको छ ।