Breaking

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै


काठमाडौँ — पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् ।

ओली निकटको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए ।