काठमाडौँ — नेकपा माओवादी केन्द्र गठबन्धनको सहयोगमा आगामी निर्वाचनपछि दोश्रो शक्ती बन्ने दौडमा छ । कम्युनिष्टघटको पहिलो पार्टी बन्ने र देशको नेतृत्व गर्ने अध्यक्ष प्रचण्डको सपना पनि यसैमा जोडिएको छ । उनको यो सपना र वास्तविकता निकट छ त ? चुनावी दौडधुपमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने बताउँदै आएका छन् ।
जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको उनको दाबी छ। आफ्नो जीवन आर्थिक क्रान्तिका लागि हुने बताएका प्रचण्डले राजनीतिक सुधारका केही कामबाहेक राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिमा केन्द्रीत हुने बताउँदै आएका छन् । प्रचण्डको अहिलेको सपना यीनै अभिव्यत्तिको सेरोफेरोमा घुमेको छ । आफैले गरेको क्रान्तीको वलमा अरुले दर्जनौ पटक सत्तारोहण गर्दा पनि टुलुटुलु हेर्न बाध्य बनेका उनी अन्तिम पटक देशको नेतृत्व गर्ने ईच्छामा रहेको बताँउदै आएका छन । त्यसका लागि कांग्रेससंग गठबन्धन गरेर आफ्नो पार्टीलाई निर्णायक शक्ती बनाउने रणनितिमा प्रचण्ड छन ।
नेतृत्वकै आशामा एमालेसंग पनि मिलेका उनले माओवादी नै विघटन गरिसकेका थिए । तर केपी शर्मा ओली संसद विघटन गर्न तयार हुने तर प्रचण्डलाई सत्ता दिन नसक्ने अडानमा पुगेपछि रन्थिनिएका उनले बाध्यतावस शेरबहादुर देउवालाई प्रधानमन्त्री मानिरहेका छन । तर गठबन्धन बाहेक चुनावमा गए एमालेसंग भिड्न नसकिने अवस्थामा रहेका उनी चुनाव लगत्तै गठबन्धन तोड्ने यर्थाथता भने लुकाईरहेका छन ।
अहिले नै सेफ जोनमा नभएका कारण पर्ख र हेरको अवस्थामा रहेका उनी जनतामा भने यहि भविष्य नभएको गठबन्धनलाई देखाएर जानेवाला छन । तर माओवादी नेताहरु भने यो मान्न तयार छैनन् । आफ्नो पार्टी कसैको सहारा विना पनि चुनावी मैदानमा जानसक्ने दाबी गर्दै आएका छन् ।
सरकारको नेतृत्व गर्न माओवादी र प्रचण्डसंग भने चुनौतीका पहाड छन । वितेका पाँच बर्ष सत्तामा रहको दल हुनुको नाताले विगतका पाँच बर्षका सरकारका काममा सबैभन्दा बढि जवाफदेहिता उसले लिनुपर्ने छ । त्यस्तै एमसीसीलाई राजनीतिक प्रयोग गरेको तथा कम्युनिष्ट सकाएको आक्षेप पनि प्रचण्डमाथि छ । विगतमा द्धन्दरत पक्ष र सरकारी दुवै पक्ष नै अहिले सत्तामा रहेको वेला पनि संक्रमणकालिन न्यायको विषयले निकास पाउन सकेन ।
सत्ताकै लागि गठबन्धन गर्ने र अस्थिर स्वभावका कारण देशमा राजनीतिक स्थिरिता नभएको आक्षेप प्रचण्डमा लाग्ने गरेको छ । यहि कारण कहिले करोडौको भिडमा आफू एक्लै भएको अनुभव हुने गरेको त कहिले राजनीतिबाटै सन्यास लिउ जस्तो लाग्ने गरेको भन्दै सहानुभूतीको राजनीति गरिहेका उनी अहिले आफूलाई अस्थिरताको कारण मानेको कुरालाई पनि क्यास गर्ने प्रयासमा छन । अर्थात माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न नदिने कुरा पक्का भएकोले आफूले चालेको कदमलाई अस्थिरताको कारण भन्ने गरिएको प्रचण्डको बुझाइ छ ।
प्रचण्ड र माओवादीको सपना सहि ठाँउमा नरहेको उनकै सहयात्रीहरु बताउछन । यहि कारण द्धन्द्धकालिन सहयात्रीले नै छोडेर हिडेका छन। तर एउटै दलको वहुमत आउन नसक्ने वर्तमान प्रणालीका कारण निर्णायक शक्तीका रुपमा रहँदै आएका प्रचण्डयस पटक पनि यो सुविधा प्राप्त गर्दै छन । फलत उनको रुमानी उडानका लागि अझै केहि बर्ष नेपाली राजनीति बन्धक बन्ने सम्भावना अझै कम भएको छैन ।


प्रतिक्रिया