काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।
स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ मितिका विषयमा अर्को सूचना जारी गर्ने समेत राप्रपा नेपालले जनाएको छ ।



प्रतिक्रिया