देश

बजाजको नयाँबाइक ‘पल्सर एनएस १२५’ को देशव्यापीलन्चिङ कार्यक्रम सम्पन्न


काठमाडौँ — नेपालकालागिबजाजमोटरसाइकलको अधिकृत वितरक हंसराजहुलासचन्द एण्ड कम्पनीप्रा.लि.ले नयाँमोडलको‘पल्सर एनएस १२५’ को देशव्यापीलन्चिङ कार्यक्रम सम्पन्न गरेको छ। यहिभदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिककार्यक्रमगर्दै सम्पन्नगरिएको कम्पनीले जनाएको छ ।

देशकामुख्यशहरहरूमाभएको यस लन्चिङ कार्यक्रममागायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्यकलाकार सुमन कार्कीको प्रस्तुती रहेको थियो। यसै गरी नेपालीबजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामाफाइनान्स सुविधाउपलब्ध गराउने भएको छ। आधाको आधामाभनेको मोटरसाइकलको कुललागतको चार भागको एक भाग रकमजम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकलखरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्तइन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

कम्बी ब्रेकिङ सिस्टम, १७इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमापाउन सकिन्छ । ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषताबजाजले एनएस १२५मादिएको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकलएनएस १२५ को मूल्य २ लाख७९ हजार ९०० रुपैयाँनिर्धारण गरिएको छ । एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समय पश्चात डेलिभरी पनि शुरु गरिने कम्पनीले जनाएको छ ।