Breaking

राष्ट्रपति भण्डारीको कार्यशैलीप्रति सत्ता गठबन्धन ससंकित


काठमाडौ — राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति ५ दलीय सत्ता गठबन्धन ससंकित बनेको छ । साथै गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयकमा गडबड गर्न सक्ने ठहर गर्दै सरकार र गठबन्धनले चाल्नुपर्ने सम्भावित कदमका बारेमा छलफल गरेको छ ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले खोंचे थापेर ढिलाई गरेको भन्दै शंका गर्नुपर्ने अवस्था आएको ठहर गरेको हो । त्यस्तै, सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन भने कार्यदल असफल बन्दै गएको छ । आजको बैठकमा पनि सहकती जुट्न सकेन । सीट बाँडफाँटमा सहमति जुट्न नसक्दा गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । बैठक आजै ४ बजे फेरी बस्ने छ ।