Breaking

संविधान दिवसमा चिनिया राष्ट्रपति सीको सन्देश, एक अर्काको सँधै सम्मान गछौँ


काठमाडौँ — चिनिया राष्ट्रपति सी चिनफिङले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवि भण्डारीलाई संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाएका छन् ।

सन्देशमा सीले नेपाल र चीन पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिएपनि हामी दुई सँधै एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत व्यवहार गर्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।

त्यस्तै बेल्ट एण्ड रोड अवधारणको उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै कोरोना महामारीको चुनौतीको सामना गरिरहेको पनि सीले सन्देशमा उल्लेख गरेका छन् । यस्तै आफूहरु मैत्रीपूर्ण राजनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने पनि सीले उल्लेख गरेका छन् ।

यस्तै संविधान दिवसको अवसरमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई सन्देश पठाएका छन् भने परराष्ट्रमन्त्री वाङ यीले पनि समकक्षी नारायण खड्कालाई सन्देश पठाएको नेपालस्थित चिनिया राजदूतावासले जनाएको छ ।