Breaking

संविधान ‘आधा गिलास भरी र आधा गिलास खाली’ भएको पुष्टि


काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सुरुमै संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको आज आएर पुष्टि भएको बताएका छन् । आठौँ संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘हामीले शुरुमै यो संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको कुरा आज आएर अरु प्रष्ट भएको छ ।’

अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेपनि संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणाली तर्फ संविधान अधुरो रहेको बताएका छन् ।