देश

करेन्ट लागेर दुई जनाको मृत्यु


काठमाडौँ — गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । धोवीलाई घरमै करेन्ट लागेको थियो। उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो । त्यस्तै थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो । बर्दियामै करेन्ट लागेर एक जना बालिका पनि घाइते भएको डिएसपी बोहराले बताए । उनका अनुसार बालिकाको उपचारपछि घर फर्किसकेकी छन् ।