काठमाडौँ — चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । दक्षिण(पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो । दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ ।
उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो। चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ । २ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ ।


प्रतिक्रिया