काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । आईतबार बालकोटमा बसेको सचिवालय बैठकले नामावलीलाई अन्तिम रुप दिएको एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको हो । प्रतिनिधसभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएको गुरुङले जानकारी दिए ।
यस्तै प्रदेशसभाका लागि २२० जनाको नाम पारित गरिएको छ । एमालेले भोलि निर्वाचन आयोगलाई सूची बुझाउने छ । यता नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले भने भोलि मात्र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने भएका छन् ।


प्रतिक्रिया