Breaking

प्रधानन्यायाधीश जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।
महाअभियोग पारित नभएको भन्दै जबरा आइतबार सर्वोच्चमा जान खोजेका थिए । तर, सुरक्षाकर्मीले उनलाई बालुवाटार स्थित निवासमै रोकेपछि उनि सर्वोच्च जान सकेका छैनन् ।