काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका हरेक गतिविधिको निगरानी राख्न सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार नै आज बिहानैदेखि राणा निवास बालुवाटारमा प्रहरीको संख्या पनि बढाइएको छ ।
“हामीलाई माथिबाटै निर्देशन आएको छ । राणाका हरेक गतिविधि हामीले निगरानीमा राखेका छौँ । कहाँ जान्छन्, कसलाई भेट्छन् । बाहिर जाँदा कहाँ पुग्छन् त्यो सबै जानकारी लिदैछौँ ।” प्रहरीका एक उच्च अधिकारीले भने ।
राणा आइतबार सर्वोच्च जान चाहेका थिए । तर गेटमा प्रहरीको संख्या बढी देखेपछि उनी बाहिर निस्किएनन् । सर्वोच्च अदालतमा पनि उनी आउने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बारका पदाधिकारीहरु उनलाई प्रवेश नदिने भन्दै विरोधको तयारीमा थिए । राणालाई महाभियोग सिफारिस समितिले बहुमतका आधारमा महाभियोग लगाउन सकिने प्रतिवेदन सभामुखलाई बुझाएको भोलिपल्टै राणा अदालत जाने तयारीमा थिए ।
त्यसैलाई रोक्न सरकारले प्रहरीको संख्या बढाएर निगरानीमा राखिएको बताइएको छ ।


प्रतिक्रिया