Breaking

वाग्मती किनाराका अवैध संरचना भत्काइँदै


काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोली वाग्मती नदी किनाराका अवैध संरचना भत्काउन आइतबार बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा पुगेको छ । नक्सा पास विपरीत सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना भत्काउन टोली सो क्षेत्रमा पुगेको हो ।

बिजुली बजार-तीनकुने करिडोर क्षेत्रका अवैध संरचना हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । अभियानलाई बृहत् रूपमा अघि बढाइएको महानगरले जनाएको छ ।