Breaking

बानेश्वरदेखि चलेको डोजर कोर एरिया असनसम्म, अब यी ठाउँमा पुग्दै छ डोजर


काठमाडौँ — २५ दिन अघि बानेश्वरबाट डोजर चलाउन सुरु गरेको काठमाडौं महानगर अझै रोकिएको छैन । असनको समेत अवैध संरचना हटाएका बालेन अब कहाँ कहाँ डोजर लिएर निस्कन्छन् सबै अनविज्ञ छन् । भदौ ६ गते बानेश्वरको एक व्यापारिक भवनको पार्किङमा सञ्चालित अनधिकृत पसलहरु हटाउनेबाट सुरु भएको महानगरको एक्सन हालसम्म पनि जारी छ । मेयर बालेन्द्र साहले महानगर व्यवस्थित बनाउने अभियान थालेको २५ औँ दिन सम्म आईपुग्दा शुक्रबार पनि यसले निरन्तरता पाएको छ । शुक्रबार बानेश्वरस्थित सडक मिचेर बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको छ ।

यसबीचमा खिचा पोखरीको आरबी कम्प्लेस,बानेश्वरको अल्फाबिटा, सुन्धारास्थित काठमाडौँ मल, सुरज अर्केड, जय नेपाल सिनेमा हुँदै नेवार बस्तीको बाक्लो बसोबास रहेको असन इन्द्रचोकका विधान विपरित बनेका संरचनामाडोजर चलिसकेको छ । बालेनको कार्यशैलीलाई जनतादेखि लिएर ठूला राजनीतिक दलका शीर्ष नेताहरु सामाजिक सञ्जालामा जुहारी खेलिरहेका छन् ।

महानगरलाई व्यवस्थित बनाउने क्रमै फुटपाथको व्यापार पनि निमूर्ल गर्न तर्फ महानगर लागिपरेको छ । सडक व्यापारीलाई विनाविकल्प उठाएको भन्दै कतिले बालेनको खुलेरै विरोध गरिरहेका छन् । देशैभरबाट बालेनको कार्यशैलीकोसमर्थन भइरहदा फुटपाथ व्यापारीहरुले भने चरणबद्ध रुपमा नै विरोध गरेर आन्दोलन गर्नेसम्मको धम्की दिएको छ ।

महानगरले क्रमबद्ध रुपमा अवैध संरचना हटाउँदै आएको छ । बानेश्वरबाट सुरु गरेर कोटेश्वर, न्यूरोड, बनस्थली हुँदै असन पुगेको महानगरले आगामी दिनमा डोजर चल्ने क्षेत्रको पनि निर्धारण गरेको छ । सामाखुशी, कलंकी तीनकुने, बौद्ध, कालीमाटी, चक्रपथका क्षेत्रमा हालसम्म डोजर चलेको छैन ।

सो क्षेत्रमा पनि पर्याप्त अवैध संरचना भएको हुँदा महानगर त्यहाँ पनि पुग्ने सम्भावना छ । अन्डरग्राउण्ड पार्किङबाट सुरु भएको यो अभियानले काठमाडौँलाई व्यवस्थित बनाएर नै पूर्णता पाउने देखिन्छ ।३५ दिने सूचना जारी गर्दा पनि अटेर गर्ने व्यापारीहरुले भत्केको संरचना पुन निर्माण नगर्ला भन्न सकिँदैन । यद्यपि विरोधीलाई नै समर्थकमा परिणत गर्न माहिर बालेनले आगामी दिनमा पनि कयौँ त्यस्ता चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।