काठमाडौँ — मुख्य दलका शीर्ष नेतृत्वले एकले अर्कोलाई गर्ने घोचपेच र तल्लोस्तरको गालीगलौज सामान्य जस्तो बनेको छ । वितेको पाँच वर्ष एक–अर्कोको खेदो खन्नमै विताएका शीर्ष नेताहरु प्रतिनिधिसभाको अन्तिम बैठकमा समेत एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् ।नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै बेला एकले अर्कोको तारिफ गरेर थाक्दैन थिए ।
ओली प्रचण्डको जोडि यतिसम्म जम्यो कि पार्टी एकता गरेर नेपाल ठुलो कम्युनिष्ट शतिmको केन्द्र बनाए । संविधान कार्यन्वयनपछि जनताबाट झन्डै दुई तिहाई बहुमत प्राप्त सरकार गठन गर्न सफल भए । तर सत्ता लोलुप्तामा यति लिप्त बने जसका कारण एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन टुक्रा बन्यो । पाँच वर्षको संसद तीन वर्षमै विघटन गर्ने दुस्साहस भयो । पछिनेपाली कांग्रेससँग मिलेर पाँच दलिय गठबन्धनले संसद त व्यूँत्याए तर संसद स्वस्थसंसद बन्न सकेन । सरकारको पाँच वर्ष र संसद कति प्रभावकारी बन्यो त्यसको लेखाजोखा शनिवार बसेको अन्तिम प्रतिनिधिसभाको वैठकका दृश्यले बताउँछ ।
पछिल्लो समय हरेक सार्वजनिक मञ्चमा एक अर्कालाई हदैसम्मको घोेचपेच र गालीगालौज गरेर नथाकेको ओली प्रचण्डको जुहारी सदनको अन्तिम दिनसम्म पनि जारी रहिरह्यो । शनिवार प्रतिनिधिसभाको अन्तिम बैठकमासमेत उनीहरु एक अकाको तितो पोख्नमै उदत्त बने । शनिवारको अन्तिम संसद वैठक संसदको पाँच बर्षे समीक्षा नभई शीर्ष नेताहरुको घोचपेच र एक अर्काको तिव्र आलोचना गरेर अन्त्य गर्ने स्थल बन्यो । एक–अर्काविरुद्ध तितो ओकल्ने सुरुवात प्रधानमन्त्री शेर बहादुर देउवाबाटै सुरु भएको थियो । तितो ओकल्ने क्रम ओली प्रचण्ड र झलनाथ खनालसम्म पुग्दा थप पेचिलो बन्यो ।
राष्ट्रिय राजनीति गठबन्धन र प्रमुख प्रतिपक्ष दुई धूव्रमा ध्रर्विकृत भएका बेला शीर्ष नेताहरुले मंसिर चार अर्थात आगामी निर्वाचनलाई आफ्नो अस्त्रको रुपमा परिभाषित गरेका छन । आसन्न निर्वाचन दलहरुबीचको चुनावी प्रतिस्पर्धा मात्र नभई सत्ता गठबन्धन र प्रतिपक्षले आफ्नो प्रतिष्ठा मानेका छन । शनिवार संसद वैठमा प्रस्तुत भएका शीर्ष नेताहरुको व्यवहारआपसमा हार्दिकता साटासाट गर्ने नभई मंसिर चारको चुनावमा मैदानमै भेट्ने हठ बोकेर चोर औँला ठडेयाउँदै संसदबाट विदा भएका छन् ।


प्रतिक्रिया