काठमाडौँ — महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ । गठबन्धनका सासंदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानविन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ ।
चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली कांग्रेसका सासंद मीनबहादुर विश्वकर्माले जानकारी दिए । हामीले एउटै प्रतिवेदन दिऊ भन्यौं तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने ।
समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ । त्यसैले उनीहरूकै प्रतिवेदन पास हुने भयो भने एमालेले नोटअफ डिसेन्ट लेख्ने एमालेकै एक सांसदले बताए । चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउने चाहिने आवश्यक प्रमाण कागज फैसलालगायतका डकुमेन्ट आएकै छैनन् । तीमाथि छलफल गरेर बल्ल एउटा निष्कर्षमा पुर्याउन सकिन्छ ।
त्यसैले अहिलेसम्म यति कागजात आए यस्तो बयान आयो भनौं थप अनुसन्धान गर्न आवश्यक छ तर समय भएन भनौं भन्ने हाम्रो मत हो,’ ती सांसदले भने । समितिले प्रतिवेदन तयार गरी आज नै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउन लागेको छ ।


प्रतिक्रिया