काठमाडौँ — चालु अधिवेशन अन्त्य प्रतिनिधि सभाको संसद अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा शीर्ष नेताहरूको सम्बोधन सकिएसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । माननीय सदस्यहरू प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतस् अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ उनले भने ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पत्र प्राप्त भएको जानकारी गराए । उनले उक्त पत्रको व्यहोरा संसदमा पढेर सुनाए,‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुबै चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’उनले यसक्रममा सबैलाई धन्यवाद समेत दिए ।
प्रतिनिधि सभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने माननीय सदस्यहरू, दलका नेताहरू, कानुनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहान्छु,’ सभामुख सापकोटाले भने । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो। उक्त निर्णयसँगै आज अन्तिम बैठक बसेको हो ।


प्रतिक्रिया