काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले तयार पारेको बयानको लिखित पत्रमा हस्ताक्षर गरेका छन् । सबै प्रश्नको प्रति प्रश्नको जवाफ दिएर बयानमा हस्ताक्षर गरेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए ।
अब ३ बजे बैठकमा प्रतिवेदनको मस्यौदा पेश गरेर निष्कर्षसहित प्रतिवेदन संसद सचिवालयमा पेश गर्ने उनले बताए। संसदमा प्रतिवेदन पेश गर्ने सम्भावना नरहेको उनको भनाइ छ । उनले भने, ‘हामी आजको बैठकबाट प्रतिवेदनलाई पूर्णता दिएर निष्कर्षसहित संसद सचिवालयमा पेश गछौँ। कसरी अघि बढ्छ सभामुख र सदनको अधिकारको कुरा हो । ’


प्रतिक्रिया