Breaking

प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदिको अकाउन्टमा मेन्सन गर्दै देउवाले जन्मदिनको अवसरमा शुभकामना दिएका हुन् । उनले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दिर्घायुको धेरै धेरै शुभकामना प्रधानमन्त्री नरेन्द्र मोदीजी । श्री पशुपतिनाथले सधैं रक्षा गरुन् ।’ भारतभर आज सत्तारूढ भारतीय जनता पार्टीले मोदीको जन्मदिन मनाउँदै छ । अक्टोबर २ तारिखसम्म मोदीको जन्मदिनमा भाजपाले विविध कार्यक्रम गर्ने जनाएको छ ।