Breaking

म्यादीप्रहरीमा भर्ती हुनेको घुईचो, बालखच्यापेका आमादेखि विद्यार्थीहरु समेत लाईनमा


काठमाडौँ — बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको नेपालमा आगामी निर्वाचनलाई लक्षितगर्दै म्यादी प्रहरीका लागि भर्ना आवेदन खुलेको छ । देशैभर खुलेको भर्ना प्रक्रियामा आवेदन दिनेको घुइचो नै लागेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले बिहीबारदेखि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्लाप्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु गरिएको हो । भर्ना खुलेसँगै उपत्यकाकाप्रहरी परिसर सहित देशभरका जिल्लाप्रहरी कार्यालयहरुमा आवेदन दिनेको भीड लागेको छ । यो भीड असोज ६ गते सम्म चल्ले देखिन्छ ।

नेपालमा बढ्दो बेरोजगारीको चित्र म्यादी प्रहरीमा भर्ना हुनआउने भीडबाट स्पष्ट हुन्छ । छोटै समय भएपनि रोजगारी पाईने रकमाई पनि राम्रै हुने भएपछि म्यादीप्रहरीमा सबै उमेर समूहका व्यक्तिको आकर्षण बड्दो छ । नेपालमा एक त रोजगार पाउनै मुश्किल छ, रोजगार पाउनेले पनि समयमै पारिश्रमिकनपाउने समस्या यस्तोमा रोजगार र पारिश्रमिकदुवै सुनिश्चित भएपछि यो अवसरलाई अधिकांशले सदुपयोग गरिरहेका छन् ।

दुधे बालकलाई काखीचाप्ने आमादेखि भर्खरै पढ्दै गरेका विद्यार्थीसम्म बेरोजगारीको समस्या टार्न म्यादीको लाइनमा छन् । देशमा बेरोजगारी बढेका कारण म्यादीमापनिभीड बढेको उनीहरुको भनाई छ । परिवारमाआर्थिक समस्याहुने देखि रहर पुरा गर्न र अनुभव बटुल्नेसम्मका सबै किसिमकाआवेदकहरुको म्यादीप्रहरीमालर्काे लागेको छ ।

म्यादीमा भर्ना हुन आउनेहरुका कारण मिश्रित भएपनि यसले देशमा बेरोजगारीको कहाली लाग्दो दृश्य देखाएको छ । क्षणिक समयकालागि राम्रो पारिश्रमिक पाएपनि त्यसपछिको भविष्य के ?, सम्बन्धित सबै पक्ष उत्तर विहीन छन् । १ लाख १५ हजार म्यादि प्रहरीहरु ४० दिन पछि पुन विभिन्नकामको तलासमा भौतारिने नै छन् । यिनैलाई रोजगारीको प्रलोभन देखाएर सत्तामा पुग्ने अनि ५ वर्ष कटाउने यो परम्परा समाप्त नहुँदासम्म गरिब नागरिकहरुको यो शिलशिला निरन्तर चल्ने निश्चित छ । जनताको भाग्य र भविष्यनिर्धारण गर्ने माध्यम मानिएको निर्वाचन खाली नेताहरुकै उन्नती र प्रगतीगर्ने सिढी मात्र बनेको छ ।