काठमाडौँ — जबजब निर्वाचन नजिकिन्छ, तबतब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्य दलका कार्यकर्तालाई भित्र्याउन भ्याई नभ्याई हुन्छ । यो शिलशिला आगामी संघीय निर्वाचनमापनि दोहोरिएको छ । जबजब निर्वाचन नजिकिन्छ, तब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्य दलका कार्यकर्तालाई नै आफ्नो पार्टीमा भित्र्याउन भ्याई नभ्याई हुन्छ । उनी पार्टी प्रवेशकै लागि कहिले पहाड पुग्छन त कहिले तराई र कहिले हिमाल ।
स्थानीय निर्वाचन देखि नै चलेको यो लहर संघीय निर्वाचन नजिकिएसँगै बढ्दो छ । सत्ता गठबन्धन सामू एक्लो जस्तै बनेको एमालेसामू आगामी चुनाव फलामको चिउरा चपाए सरह भएको छ । त्यसैकारण पनि एमालेले आगामी चुनावमा आफ्नो पार्टीको माहोल बनाउन र पाँचदलीय गठबन्धनसँग सामना गर्न भए भरको बल र जुत्ति लगाइरहेको छ । यसैकारण एमाले अध्यक्ष ओली अन्य दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन आफै मेचीदेखि महाकालीसम्म दौडाहा छन । देशभर एमाले प्रवेशको लहर चलेपछि उनी थप हौसिएका छन ।
अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन ओलीले विभिन्न आश्वासन बाडिरहेकाछन । मधेशमा मधेसकै भेषमा प्रस्तुत हुने ओली सामान्य भन्दा सामान्य तरिकाले पार्टीप्रति आकर्षण बढाउन माहिर छन् । त्यसोत त कतिपय अन्य दलका कार्यकर्ता आफ्नो पार्टीबाट टिकट पाउने छाटकाट नदेखेपछि एमालेलाई रोज्ने गरेका छन । नेता कार्यकर्ताको त्यो आशलाई एमालेले स–सम्मान पुरा पनि गरिदिएको छ । जुन रणनीति गएको स्थानीय निर्वाचनमा पनि प्रष्ट देखिएको थियो । त्यसोत आफ्नो पार्टीबाट चोइटिएर गएकाको क्षतिपूर्ति गर्न ओलीले अन्य दलका नेता कार्यकर्ताको साहारा लिईरहेका छन । अझ एमालेले बाटो बिराएर प्रचण्ड र माधव नेपालको बाटोमा गएकाहरुलाई पुरानो घरमा फर्किए उचित जिम्मेवारी दिनेघोषणा नै गररेको छ ।
तर स्वार्थसिद्दी ढङ्गले पार्टीमा भित्रिएका र भित्र्याईएकै कारण एमालेभित्र विभेदको खाडल भने देखिने गरेको छ ।स्थानीय तहको निर्वाचनमा पनि एमालेले अन्य पार्टीबाट आएकाहरुलाई उच्च स्थान दिएको थियो । जसका कारण वर्षौदेखि पार्टीमा योगदान गरेकाहरुअध्यक्ष ओलीको स्वार्थसिद्दीमा पिल्सिएका थिए । जसले पार्टीभित्र ठूलो वैचारिक विभेद मात्रै सिर्जना गरेन ठूलो द्वन्द्व नै सिर्जना भएको थियो ।सोही प्रक्रियालाई निरन्तरता दिएका अध्यक्ष ओलीले आगामी निर्वाचनमा भने पार्टीभित्र कसरी व्यवस्थापन गरेर लैजान्छन त्यो भने हेर्न भने बाँकी नै छ ।


प्रतिक्रिया