Breaking

बालेन र सुनितालाई स्याबासी दिँदै थापाले भने : टुकुचामा पौडी खेलेको सम्झना ताजै छ


काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने महानगरको अभियान प्रशंसनीय भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई स्याबासी दिँदै थापाले राम्रो साहसिक काम भन्दै टुकुचामा पौडी खेलेको स्मरण गरेका हुन् ।

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ’, थापाले लेखेका छन्, ‘ काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना ।’