Breaking

तपाईको मोवाइल फोन पनि हुन सक्छ ब्लक, एमडिएमएस लागु


काठमाडौँ — मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्चभएको छ । जसले गर्दा अब अबअवैध रूपमाआयातभएकामोबाइलहरू प्राधिकरणले ब्लकगर्नेछ । साथै व्यक्तीगत रुपमाल्याएकामोवाइल सेट पनिल्याएको १५ दिनभित्रगर्ता गर्नु पर्ने भएको छ । के तपाइको मोबाइलफोनमा एमडिएमएस प्रणालीमा तपाईको फोन दर्ता भयो भन्दै यस्तो म्यासेज आयो ?आएको छैनभने तपाइको फोन गैरकानुनीपनिहुन सक्छ ।

लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततःलञ्चभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रमगर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो । यो प्रणाली लागू भएसँगै अब अवैध रूपमाआयातभएकामोबाइलहरू प्राधिकरणले ब्लकगर्नेछ । प्राधिकरणले मोबाइलआयाततथाप्रयोगलाई व्यवस्थापनगर्न एमडिएमएस प्रणाली लागू गरेको हो ।

प्राधिकरणका अनुसार भदौ ३० सम्मजुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई ‘ह्वाइट लिस्ट’ मा राखेको छ । अर्थात् तीमोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन् । यिनलाई फेरि लगेर दर्ता गरिराख्नु पर्दैन ।तर सोमबार देखि भन्सार छलेर, गैरकानुनीवाअवैध रूपमाभित्र्याइएकामोबाइलब्लकगरिनेछ ।ब्लकगर्नुअघि प्राधिकरणले त्यस्तामोबाइललाई दर्ता गर्न १५ दिन समय दिएको छ । दर्ताका लागि सूचनापनि पठाउँछ ।

तोकिएको समयभित्रफोन एमडिएमएसमा रजिस्टर नगरे स्वतःब्लकगरिने व्यवस्थामिलाइएको छ ।सरकारलाई भन्सार तिरेर भित्र्याइएकाफोनहरू जुन सरकारी मान्यताप्राप्तवितरकहरूले बजार पु¥याउँछन्, ती वैध हुन् । यसलाई कानुनी रूपमाभित्र्याइएको समेत भन्न मिल्छ ।वैध रूपमाभित्र्याइएकाफोनको आइएमइआई नम्बर प्राधिकरणमा रजिस्टर गरिएको हुन्छ। रजिस्टर गरिएको फोन हराएमाप्रहरीहरूलाई फोन ट्र्याक गर्न पनि सहज हुन्छ ।मोबाइलफोन इम्पोर्टर्स एशोसिएशनकाअध्यक्षदीपकमलहोत्रापनि कर नतिरेका फोन नेपालमा रोक लगाउनु सुखदपक्षभएको बताउँछन् ।

एमडिएमएस लागु भए सँगै राज्यमाभन्सार छल गरी ल्याइने प्रवृत्तिवाकार्य नियन्त्रण हुने विश्वास सरकारको छ । हालमोबाइलआयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशतअन्तःशुल्कबुझाउनुपर्ने नियम छ । तर अबैध रुपमाभित्रीएको फोनले सरकारको राजश्व समेत प्रभावितबनाइरहेका छन् । सन् २०२१ माकरिब ५५ अर्ब बराबरको मोबाइल सेट आयातभएको छ। तीमध्ये ३८ अर्ब बराबरको मोबाइल वैध रूपमाआयातभएका छन् भने १७ अर्ब बरबारको मोबाइलअवैध रूपमाभित्रिएका छन्। यस्तोमा अवैध रूपमामोबाइलभित्रने संख्या नियन्त्रण हुने विश्वास गरिएको छ । दिपेश घिमिरे