काठमाडौँ — नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि“सम्बन्ध उत्सव स्वादसँग”नामकक्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समय मामुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ। यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि“सम्बन्धउत्सव स्वादसँग”ल्याइएको कोका–कोलाले जनाएको छ । कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ ।
र हरेकवर्षको दसैंँमाआफ्नो नेपालीउपभोक्ताहरुको लागिनयाँँ र रोमान्चकथिम सहितक्याम्पेन गर्दै आएको छ । आफ्नो नेपालीउपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्नचित्रअंकित लेबलहरु भएको बोतल दसैंँको समयमाबजारमाल्याउने गर्छ।
क्याम्पेनको बारेमाबोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “यो वर्षको “सम्बन्धउत्सव स्वादसँग”लाई लिएर म एकदमै उत्साहित छु किनकीयसले ठ्याक्कै दसैंँको मुख्यआकर्षणलाई प्रतिविम्बित गरेको छ । जुनभनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो।
दसैंँ विशेष कोक बोतलको साथहामीहाम्रा सम्पूर्ण नेपालीउपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमयशुभकामनाव्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ।”
दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनिबनाएको छ। यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्धतबाट दसैंँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैंँको मुख्यभागको रुपमाआफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मकतरिकाले प्रस्तुतगरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्धउत्सवशीर्षकको गीतपनिगाएका छन् ।
त्यस्तै कम्पनीकाप्रबन्धनिर्देशक श्री प्रदीप पाण्डेज्युलेभन्नुभयो “नेपालीहरुको लागि दसैंँ जतिमहत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागिपनि छ। हामी हरेकवर्षको दसैंँमाहाम्राउपभोक्ताहरुको लागि केहीनयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्राउपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशालिएका छौँ ।”
दसैंँको अभिन्न हिस्साको रुपमाखानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलकाविजेता सन्तोष शाहसँगमिलेर दसैंँमाखाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ ।यो रेसिपीपाउनको लागिउपभोक्ताहरुले कोका–कोलाबोतलको लेबलमाभएको त्तच्कोड स्क्यान गर्नुपर्ने हुन्छ। साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनिउपलब्धहुनेछन् ।
यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमाअपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जनाभाग्यशालीविजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन्।


प्रतिक्रिया