काठमाडौँ — माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका यमबहादुर परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा चितवन जिल्लाको अध्यक्ष भएर काम गरेका नेता हुन् ।
२०६४ सालको संविधानसभा निर्वाचन चितवन– १ बाट उम्मेदवार बनेर परियार एमाले नेता लालमणि चौधरीसँग पराजित भएका थिए । झण्डै १२ वर्षभन्दा बढी जिल्ला अध्यक्ष भएर काम गरिसकेका परियारलाई माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नं. ३ (ख)बाट प्रदेश सांसदका लागि सिफारिस गरेको छ । माओवादी केन्द्र राजनीतिक वैचारिक र सांगठनिक हिसावले च्यूत बन्दै गएकाले परित्याग गरेको उनले बताए ।


प्रतिक्रिया