काठमाडौँ — तेरापंथ युवक परिषद् काठमाडौंले विश्व कीर्तिमान राख्ने बृहत रक्तदान मेगा ब्लड डोनेशन ड्राइभ असोज १ गते आयोजना गर्ने भएको छ । उक्त ब्लड डोनेशन कार्यक्रम काठमाडौ, ललितपुर, किर्तिपुर, विरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजविराज लगायत २० वटा शहरमा आयोजना हुनेछ । हालको समयमा कोभिड १९ र डेंगु रोगले गर्दा ब्लड बैंकमा ब्लडको कमी भएको हुनाले उक्त ब्लड डोनेशन कार्यक्रमले ब्लड आपूर्तिमा सहयोग पुर्याउने आयोजकले बताएको छ ।
ब्लड डोनेशन कार्यक्रममा १८ वर्ष देखि ६५ वर्षसम्मका स्वस्थ्य मानिसहरुले ब्लड दिन सक्नेछन् । त्यसैगरि पुरुषहरुको हकमा प्रत्येक ३ महिनामा र महिलाहरुको हकमा प्रत्येक ४ महिनामा ब्लड डोनेट गर्न सक्ने आयोजकले जनाएको छ । ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा संघ, मारवाडी युवा मञ्च, लायन्स क्लव जस्ता विभिन्न संस्थाबाट तथा सांसद नवरतम बैदबाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा २० वटा सहरमा १२०० देखि १५०० युनिट भन्दा बढी ब्लड संकलनको लक्ष्यमा रहेको छ ।


प्रतिक्रिया