काठमाडौँ — यस वर्षको बालदिवसको अवसरमा समाज सेवा तथा मानवअधिकारमा बालबालिका–महिला (सिविस) को आयोजनामा काठमाण्डौंमा बालबालिका र जनप्रतिनिधिहरुबीच निकृष्ठ प्रकारका बालश्रम सम्बन्धी छलफल कार्यक्रम सम्पन्नभएको छ । कार्यक्रममा नेपाल मानिकृष्ठ प्रकारका बालश्रमसँग सम्बन्धित बालबालिकाका समस्या र सरोकारका विषयहरु बालबालिकाहरुले जनप्रतिनिधिहरु समक्ष राख्नु भएको थियो रती सवाल र समस्याहरु उचित तवरले सम्बोधनगरिने प्रतिवद्धता उपस्थित जनप्रतिनिधिहरुले जनाउँनु भएको थियो ।

कार्यक्रममा सहभागी श्रमिक बालबालिकाले बालश्रम सम्बन्धी आफ्ना भोगाई र समस्याहरु उपस्थिति जनप्रतिनिधिहरु समक्ष राख्ने क्रममा घरायसी आर्थिक कठिनाई, पारिवारिक वेमेल आदिका कारण श्रममा आउन बाध्य भएको, कार्यस्थलमा उचित पारिश्रमिक नदिइएको, लामो समयसम्म काम लगाइएको, बालबालिकाले कार्यस्थल र सार्वजनिक यातायातमा कहिलेकाहीँ शारिरीक तथा मानसिक हिंसा भोग्नु परेको बताउँनु भयो ।
त्यस्तै, बालबालिकाले जनप्रतिनिधिहरु समक्ष श्रमबाट हटाइएका बालबालिकाको लागि दीर्घकालिन बैकल्पिक कार्यक्रमको व्यवस्था गर्न, कार्यस्थल लगायत सार्वजनिक स्थलहरुमा बालबालिका विरुद्ध हुने दुव्र्यवहार रोक्न, बालबालिकाको समग्र विकासको लागि सामुदायिक विद्यालय लक्षित अतिरित्त कृयाकलाप कार्यक्रम ल्याउन, विद्यालय आसपासका क्षेत्रमा प्रदूषण नियन्त्रण र फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँनु भयो ।
आफ्नो सम्बोधनको क्रममा बालबालिकाका सवालहरुको जवाफ दिँदै काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल भन्नुभयो, “बालश्रम लगायत बालबालिकाले भोग्दै आएका समस्याहरुको समाधान गर्न बालबालिकाहरुसँग काम गर्न जरुरी छ । बालबालिकाका अलावाउनीहरुसँग सम्बन्धित परिवार, विद्यालय र समुदायसँग पनि सहकार्य गर्न उत्तिकै आवश्यक छ । महानगरपालिकाले बालबालिकाको गुणस्तरीय शिक्षा, मनोपरामर्श आदिको लागि विद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । बालश्रम रमनोरञ्जन क्षेत्रमा भइरहेको बालबालिकाको प्रयोग रोक्न महानगरले योजना तर्जुृमा गर्नेछ ।
”कार्यक्रममा बालबालिकाले उठाएका सवालहरु एकदमै सान्दर्भिक रहेको र कार्यक्रम उपलब्धिमूलक रहेको बताउँदै उपमेयर डंगोलले काठमाण्डौं महानगरपालिकाको आगामी बालबालिका सम्बन्धी योजना निर्माणमा बालबालिकाको आवाज र धारणालाई पनि समेट्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै सिविसका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता शान्ति अधिकारीले सिविसले विगत तीनदशक देखि निरन्तर बालबालिकाको हकहितमा काम गर्दै आएको उल्लेख गर्दै निकृष्ट प्रकारका बालश्रम लगायत सबै खाले बालश्रमको अन्त्यको लागि सरकार, बालबालिका, अभिभावक, विद्यालय लगायत सबै सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा,नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, सूर्य विनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराइले पनि आफ्ना प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाण्डौं र ललितपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, काठमाण्डौ र भक्तपुर प्रहरी वृत्तकाका महिला सेलका अधिकृतहरु, विद्यालयका प्रतिनिधिहरु, सिविसका महासचिव अनिता पाण्डे र कार्यकारी सल्लाहकार बिन्दु गौतम पोख्रेल लगायतको उपस्थितिथियो ।


प्रतिक्रिया