देश

सुनको मूल्य घट्यो


काठमाडौँ — बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय, तेजावी सुनको मूल्य ९२ हजार ३ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९३ हजार ५ सय रुपैयाँमा छापावाल, ९३ हजार रुपैयाँमा तेजावी र ११ सय ८५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।