काठमाडौँ — काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रका फुटपाथ हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएकाले हटाउन लागेको महानगरपालिकाले जनाएको छ ।
अनाधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौ नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए । बुधबार नगर प्रहरीले माइकिङ गर्दै हटाउन निर्देशन दिएको छ । भोलिसम्म नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको महानगरले जनाएको छ ।


प्रतिक्रिया